३० फाल्गुन २०८२, शनिबार

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीद्वारा पनि प्रचण्डलाई दिएको समर्थन फिर्ता

कोलोराडोखबर संवाददाता , July 11th, 2024

नेपाल । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले जानकारी दिनुभयो ।

पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने जानकारी दिइसक्नु भएको छ । चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाउनुभएको थियो ।

यसअघिनै नेकपा एमाले, अशोक राई नेतृत्वको जसपाले समर्थन फिर्ता लिएका थिए । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्