नेपाल । डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आलेलाई नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीबाट हटाएको छ ।
शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए ।
‘प्रेम आले महाधिवेशनमा हुनुहन्थेन । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो’, नेकपा एसका नेता जगन्नाथ खतिवडाले भने ।
यता आलले पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको बताएका छन् । ‘मलाई अब पार्टीप्रति रुचि छैन । जनताप्रति उत्तरदायी हुने हो, स्वतन्त्र भएर जनताको काम गर्ने हो’ उनले भने ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्