५ चैत्र २०८२, बिहीबार

आफूलाई तपस्वी भन्ने बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

कोलोराडोखबर संवाददाता , July 3rd, 2024

नेपाल । बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने अदालतले फैसला सुनाएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई सजाय तोकेको हो । बम्जनलाई १० वर्ष कैद सजाय र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश आएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

बम्जनविरुद्ध जिल्ला सकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको मागदावी गर्दै अभियोगपत्र दायर गरेको थियो ।

०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो ।

सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो । बम्जन अहिले महोत्तरीको जलेश्वर कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्