२९ फाल्गुन २०८२, शुक्रबार

म प्रधानमन्त्री पदका लागि मरिहत्ते गर्ने व्यक्ति होइनः नेपाल

कोलोराडोखबर संवाददाता , June 13th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते गर्ने व्यक्ति नभएको स्पष्ट पार्नु भएको छ।

बुधबार पोखरामा पत्रकारहरुसँग कुरकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले प्रधानमन्त्री पदका बारेमा आफूले केही नसोचेको स्पष्ट पार्नु भएको हो ।

नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्