३० फाल्गुन २०८२, शनिबार

रौतहटका ३ विद्यालय एसईईमा उत्कृष्ट नतिजा ल्याउने सूचीमा

कोलोराडोखबर संवाददाता , May 28th, 2024

नेपाल (रौतहट) । माध्यमिक शिक्षा परीक्षाको नतिजामा १०० भन्दा बढी विधार्थी सहभागी गराई ३० प्रतिशतभन्दा बढी विधार्थीले जीपीए ३.२ वा सो भन्दा बढी प्राप्त गर्ने सामुदायिक विद्यालयमा रौतहटका ३ वटा परेका छन् ।

यस्तो नतिजा प्राप्त गरेका १५ विद्यालयको सूचीमा मावि गरुडा बैरिया, जुद्ध मावि गौर र सरस्वती मावि पिपरा भलोहिया परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

उक्त सूचीमा मोरङ, कपिलवस्तु, खोटाङ, दाङ, चितवन, कास्की, भक्तपुर, काठमाडौं, रुपन्देहीका विद्यालय परेका छन् ।

प्रतिक्रिया दिनुहोस्