नेपाल । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुखले बैठक स्थगित गरेको हुन् ।
बैठक अब जेठ ३ गते बिहान ११ बजे बस्नेछ। कांंग्रेसको अवरोधपछि सरकारको नीति तथा कार्यक्रम पेस गरेका राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पेस हुन सकेन ।
छानविन समिति गठन नभएसम्म कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेस गर्न दिएपनि अन्य कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने बटमलाइन बनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्