१७ भाद्र २०८३, बुधबार

कोलोराडो निवासी अविक अधिकारीको स्वर रहेको बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 2nd, 2026

कोलोराडो । चर्चित गायक तथा संगीतकार राजु परियारको शब्द/संगीत र अमेरिकाको कोलोराडो निवासी बालगायक अविक अधिकारीले स्वर दिएको बालभजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ ।

उक्त बालभजनमा भगवान् श्रीकृष्णप्रतिको श्रद्धा र भक्तिलाई बालबालिकाले सहज रूपमा बुझ्न सक्ने शैलीमा भजन प्रस्तुत गरिएको बालगायक अविक अधिकारीका पिता तथा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले बताउनु भयो ।

भजनमा नारायण दंगालको संगीत संयोजन रहेको छ भने अडियो रेकर्डिङ म्युजिक प्लस एमएफमा गरिएको हो । गोपाल दयालले रेकर्डिङ, मनोज परियारले मिक्सिङ तथा मास्टरिङ र किरण अधिकारीले अडियो–भिडियोको जिम्मेवारी सम्हालेका छन् ।

यता, भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन दिनेश खनालको रहेको छ । भिडियोमा अविक अधिकारीसहित अन्जु अधिकारी, अरिका अधिकारी, विशेष रोका, त्रियान श्रेष्ठ, प्रजिव श्रेष्ठ, कर्मा कुमारी श्रेष्ठ, इशिका दयाल र श्रेया दंगालको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्