५ भाद्र २०८३, शुक्रबार

ककाकिकीको ‘धन चोरे पुलिसको थुनामा मन चोरे दिलको कुनामा…’ बोलको गीत सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 21st, 2026

नेपाल । चलचित्र ककाकिकीको ‘धन चोरे पुलिसको थुनामा मन चोरे दिलको कुनामा…’ बोलको शीर्ष गीत बुधबार सार्वजनिक गरिएको छ ।

भदौ १९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने चलचित्रको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ । सापकोटाकै सङ्गीत रहेको गीतमा सन्तोष सापकोटाको शब्द रहेको छ । यस गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक खुसियालीको माहोललाई प्रस्तुत गरेको छ । चलचित्रका निर्देशक बिक्की अग्रवालका अनुसार गीतले ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गरेको छ ।

‘ककाकिकी’ मा दिया मास्के, शिशिर बाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सिर्जना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ ।

सुदीप बरालको छायाङ्कन रहेको चलचित्रको चलचित्रको निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता हुनुहुन्छ । यस चलचित्रलाई सेभेन सिज इन्टरनेसनल फिल्म्सले वर्ल्डवाइड रिलिज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्