४ भाद्र २०८३, बिहीबार

चलचित्र ‘ए मेरो हजुर-५’ को शुभमुहूर्त

कोलोराडोखबर संवाददाता , August 20th, 2026

नेपाल । चलचित्र ‘ए मेरो हजुर–५’ को शुभमुहूर्त गरिएको छ । झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्रको ललितपुरस्थित पाटनको बगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कन सुरु गरेको हो ।

बगलामुखीमा मुहूर्त सर्ट खिचेसँगै निर्माण टिम छायाङ्कनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताउनुभयो ।

चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेतृ सुहाना थापाको मुख्य भूमिका रहने छ । चलचित्रका निर्माता सुनीलकुमार थापा हुनुहुन्छ । कथा, पटकथा तथा संवाद निर्देशक थापा र सरिन पोखरेलले तयार पार्नुभएको हो ।

अनमोल र सुहानासँगै चलचित्रमा दिलीप रायमाझी, सलोन बस्नेत, नीरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहने छ ।

चलचित्र नेपाली नयाँ वर्ष–२०८४ को अवसरमा प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्