नेपाल । रिबन इन्टरटेनमेन्ट प्रालिले मिसेस नेपाल वर्ल्ड-२०२६ का लागि आवेदन खुला गरेको छ ।
ललितपुरस्थित दी स्क्वायर होटेलमा आयोजित पत्रकार सम्मेलनमार्फत मिसेस नेपाल वर्ल्ड–२०२६ को औपचारिक घोषणा गरिएको हो । पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौँमा हुने तथा ग्रान्डफिनाले कात्तिक १४ गते आयोजना गरिने आयोजकले जनाएको छ ।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले प्रतियोगितालाई यस वर्ष अन्तर्राष्ट्रियस्तर अनुरूप थप भव्य रूपमा आयोजना गरिने जानकारी दिनुभयो । एसइई/एसएलसी वा सो सरह उत्तीर्ण विवाहित तथा अविवाहित महिलाले उचाइ र तौलको कुनै मापदण्डबिनै प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।
प्रतियोगिताका विजेताले अमेरिकामा हुने मिसेस वर्ल्ड तथा म्यानमारमा आयोजना हुने मिसेस कोस्मो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । छनोट भएका प्रतियोगीलाई ४५ दिने व्यक्तित्व विकास तथा ग्रुमिङ प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्