नेपाल । एक समयका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ ।
उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले सामाजिक सञ्चाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
पछिल्लो समय अमेरिकामा रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्