नेपाल । शुक्रबारबाट तीन नेपाली चलचित्र ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ एक साथ प्रदर्शनमा आएका छन् ।
‘लालीबजार’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । ‘मालतीको मंगले’मा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा छन् । ‘गुरुआमा’मा मिथिला शर्मा केन्द्रिय चरित्रमा छिन् ।
‘लालीबजार’
बादी समुदायको विषयमा बनेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंले लेखेका छन् । पटकथा भने यम र प्रदीप भट्टराईले तयार पारेका हुन् । प्रदीप यो चलचित्रको कार्यकारी निर्माता हुन् । रवीन्द्र सिंह बानिया र दिपेश खत्री यो चलचित्रको निर्माता हुन् ।
‘मालतीको मंगले’
चलचित्र ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेय स्वयंले यो चलचित्रको कथा रहेको छ । पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् ।
चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय छ । निर्मातामा गायकसमेत रहेका रामकृष्ण ढकाल छन् ।
‘गुरुआमा’
यो चलचित्रलाई प्रेम सोनी सुनारले निर्देशन गरेका छन् । मिथिला शर्मा र बुद्धि तामाङ यो सिनेमाको मुख्य भूमिकामा छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्