नेपाल । चलचित्र ‘परालको आगो’ को छायाङ्कन मङ्गलबार सम्पन्न भएको छ । निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक फरक ‘लुक्स’ का तस्बिर सार्वजनिक गरेको छ । गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो ।
चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार एन्जिला बानियाँको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शन मिति पनि आगामी वैशाख ११ गतेलाई तोकिएको छ । निर्माता सुशील पोखरेलले चलचित्रको प्रदर्शन मिति चयन गर्दा विशेष सावधानी अपनाइएको बताउनुभयो । उहाँका अनुसार मैले अन्य चलचित्रलाई पनि स्थान दिनु पर्छ भन्ने मान्यता राख्दै प्रदर्शन मिति तोकेको हो ।
निर्माता पोखरेलले भन्नुभयो, “एकै पटक धेरै चलचित्र हलमा प्रदर्शन हुँदा निर्माता र हल व्यवसायी दुवैलाई ठुलो नोक्सानी हुने भएकाले, हामीले निर्माता र हल दुवै पक्षलाई फाइदा होस् भन्ने सोचले वैशाख ११ लाई प्रदर्शन मिति तोकेका हौँ ।”

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्