१४ कार्तिक २०८२, शुक्रबार

चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक

कोलोराडोखबर संवाददाता , October 31st, 2025

नेपाल । चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बालगायक अशोक दर्जीको सङ्घर्ष देखाउन खोजिएको चलचित्रको ट्रेलरमा उहाँको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा छ । ट्रेलरमा काठमाडौँमा बसोबास गर्ने भुईंमान्छे र मध्यमवर्गीय पात्रको सङ्घर्ष, सपना र पैसाका लागि बिदेसिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

टङ्क बुढाथोकीको पहिलो निर्देशन रहेको चलचित्रमा उहाँकै कथा र सङ्गीत रहेको छ । चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटालगायतको अभिनय छ ।

शिवम अधिकारीका पटकथा र संवाद रहेको चलचित्र आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्