२३ भाद्र २०८२, सोमबार

नेपाल आइडल सिजन-६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 8th, 2025

नेपाल । नेपाल आइडल सिजन–६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय रहेको छ ।

गीतकार प्रदीप चापागाईंको प्रस्तुति रहेको गीतमा उहाँकै शब्द तथा लेखु सहयात्रीको सङ्गीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गर्नुभएको छ भने विकास धमलाको सम्पादन रहेको छ ।

भिडियोलाई गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्