१७ भाद्र २०८२, मंगलवार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित

कोलोराडोखबर संवाददाता , September 2nd, 2025

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको पेन्सलभेनिया राज्यमा गत शनिबार सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सन् २०२५–२७ को दुई वर्षे कार्यकालको निम्ति अध्यक्ष पदमा गायक श्रीजन ताम्राकार निर्वाचित हुनुभएको छ । उहाँ नेपाली संगीतका चर्चित ब्याण्ड “ओकिली” का संस्थापक कलाकार हुनुहुन्छ ।

उक्त अधिवेशन उद्घाटन समारोहमा इनासका ग्लोवल बरिष्ठ उपाध्यक्ष साबु गदाल कार्कीले पानसमा दियो बालेर कार्यक्रम शुभारम्भ गर्नु भएको थियो र नेपाल र अमेरिकाको राष्ट्रियगान र ईनास गीत बजाईएको थियो ।

इनास ग्लोवलका बरिष्ठ उपाध्यक्ष साबु गदाल कार्कीले आफ्नो मन्तव्य सहित नेपाली भाषा, कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा निरन्तर रुपमा यसरी नै सहयोग र सल्लाह पबित्र मनले दिइरहने बताउँदै नयाँ कार्यसमिति २०२५–२०२७ का सबै राष्ट्रिय तथा राज्य समितिहरुका नवनियुक्त पदादिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ।

सो अवसरमा अमेरिका भ्रमणमा रहनुभएका नेपाली चलचित्रका चर्चित निर्देशक सुदर्शन थापा, स्थानिय सामाजिक संस्था ग्लोवल भुटनिज अर्जनाईजेशन, वरिष्ठ रचनाकार अगम गुरुङ, द भ्वाईस अफ नेपाल किड्स सिजन ३ का विजयी बालप्रतिभा अन्हुया तामांगलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा, ईन्ट्रा फाऊन्डेशन (ह्यारिसबर्ग,लेनकास्टर समूह), भुटनिज किराँत राई अफ अमेरिका (ह्यारिसबर्ग ग्रुप), गुरुङ कम्युनिटी अफ ग्रेटर ह्यारिसबर्ग (आमा समुह), रेड ओशियन मल्टि अकाडमी (कार्लय), टाक्स कराते (ल्यानकास्टर) लगायत बिभिन्न राज्यहरु, स्थानिय संघसंस्था र समुदायहरुका साथै राष्ट्रियस्तरका चर्चित कलाकारहरुको उल्लेख्य सहभागिता र आकर्षक सांगीतिक प्रस्तुतिहरु रहेको थियो ।

अध्यक्ष राहुल केसीले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य सहित नयाँ कार्यसमिति २०२५–२०२७ का सबै राष्ट्रिय तथा राज्य समितिहरुका नवनियुक्त पदादिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना सहित २०२३–२०२५ को समितिलाई बिघटन गरेको घोषणा गर्नु भयो ।

नवनियुक्त राष्ट्रिय अध्यक्ष श्रीजन ताम्राकारले नेपाली भाषा, कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा समर्पित अमेरिकाभर छरिएर रहनुभएका सबैलाई गोलबद्ध गरी सबैलाई ईनासमा सहजै जोडिने वातावरण बनाउँदै अग्रजको सम्मान र नवप्रतिभाहरुको प्रोत्साहनमा आफू पूर्णरुपले समर्पित रही ईनासको पवित्र महाअभियानलाई विस्तार गर्ने कुरामा विशेष जोड दिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्