२० असार २०८२, शुक्रबार

गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

कोलोराडोखबर संवाददाता , July 4th, 2025

नेपाल । प्रहरीले सामाजिक सञ्चालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनका गुञ्जन राई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

चितवनका राईलाई साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए । एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्