१४ जेष्ठ २०८२, बुधबार

डा. भोला रिजालको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , May 26th, 2025

नेपाल । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक भएको छ ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ ।

लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गर्नुभएको हो। भिडियोले मृत्यु पछिको अङ्गदानको महत्त्वलाई प्रकाश पारेको छ ।

मृत्युपछि त्यसै खेर जाने मानव शरीरका अङ्ग दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडियोमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ ।

भिडियोमा गीतकार डा. रिजाल, डा. रिता गुरुङ, डा. भगवान कोइराला, डा। पुकारचन्द्र श्रेष्ठ, डा. ज्योतिन्द्र शर्मा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्