१७ जेष्ठ २०८३, आईतवार

अमेरिकी दूतावासले भिसा नदिए पछि सुजन चापागाईंको सांगीतिक यात्रा स्थगित

कोलोराडोखबर संवाददाता , February 22nd, 2025

कोलोराडो । यही मार्चदेखि अमेरिकाको कोलोराडोसहित बिभिन्न राज्यका बिभिन्न शहरमा तय भएको सांगीतिक यात्रा ‘आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) कार्यक्रम हाललाई स्थगित भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासमा शुक्रबार भिसाको लागि भएको अन्तरवार्ताको क्रममा ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरु प्रभावित बनेका हुन् ।

भिसा नपाएपनि गायक सुजन चापागाईंले लगभग २ बर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुनः शुरुवात गर्ने बाचा पूरा गर्न नसक्ने जानकारी गराउंदै गर्दा नमिठो अनुभव भएको भन्दै सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्