अमेरिका निवासी नेपालीमुलका बैज्ञानिक चन्दले पाए ३२ लाख अमेरिकी डलर अनुदान
अमेरिका । अमेरिकाको मिजौरी राज्यस्थित सेन्टलुइसमा बसोबास गर्दैआएका नेपाली मुलका वैज्ञानिक डा. गणेश चन्दले ३२ लाख अमेरिकी डलर अर्थात साढे चार अर्ब रुपियाँभन्दा बढीको अनुदान सहायता प्राप्त गर्नुभएको छ ।
अल्जाइमर रोगसम्बन्धी एक विशेष अनुसन्धानका लागि अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यो अनुदान सहायता उपलब्ध गराएको हो । डा. चन्दको नेतृत्वमा रहेको अनुसन्धान टोलीले अल्जाइमर रोगसम्बन्धी अनुसन्धान गर्न चार वर्षका लागि यो अनुदान सहायता प्राप्त गरेको बताइएको छ । डा। चन्द म्यालिक्रिट इन्स्टिच्युट अफ रेडियोलोजीका सहायक प्राध्यापक हुनुहुन्छ ।
नयाँ कृत्रिम बुद्धिमता प्रविधि (एआई) को विकास गरेर ठुलो स्तरको चिकित्सा स्क्यान, व्यवहारिक, क्लिनिकल (बिरामीको उपचार र हेरचाहसँग सम्बन्धित) र अनुवांशिक तथ्याङ्क अध्ययन गर्नेछ ।
अल्जाइमर रोगबाट हुने मानसिक समस्याको वास्तविक कारण पत्ता लगाउनुको साथै यसको नि...








