
नेपाल सरकारले जारी गर्यो साइबर सुरक्षा ‘एडभाइजरी’
नेपाल । सरकारले सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयहरूको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डाटा तथा नेटवर्कको सुरक्षाका लागि साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरेको हो ।
केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सूचना प्रविधि क्षेत्रको द्रुत विकाससँगै यस क्षेत्रमा उत्पन्न विभिन्न किसिमका खतरा तथा साइबर हमलाबाट बच्न सकिने उपायबारे जनचेतनाका लागि मुख्य आठ विषयमा १०२ बुँदे साइबर सुरक्षा ‘एडभाइजरी’ जारी गरिएको जानकारी दिनुभयो ।
सूचना प्रविधिले मानिसको दैनिकीलाई सहज बनाउनुका साथै विभिन्न समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हालसालै विभिन्न सरकारी निकायका ‘सिस्टम’ हरू कब्जा ९ह्याक० भएको, ‘सिस्टम’...