१ चैत्र २०८२, आईतवार

भाषा/साहित्य

बालकविता: प्यारो फूलबारी

बालकविता: प्यारो फूलबारी

- रमेशचन्द्र घिमिरे - गोडमेल गरौँ कुटो लगाई मिल्काई काँडाघारी चिरिच्याट्ट सजाउनु छ प्यारो फूलबारी फूलबारीको फूल हेर्न उड्दै आयो मौरी मौरी देख्दा खुसी भई सानी बैनी गौरी अझै फूल फुलाउनु छ गमलामा सारी हेरिरहूँ झैँ लाग्ने आहा प्यारो फूलबारी फूल जस्तै राम्रो बनौँ मिठो बास्ना छरौँ घोच्ने तिखा काँडा हैन फूलले माया गरौँ पन्छाएर पतिङ्गर हटाएर झाडी सफा सुग्घर पारौँ आऊ प्यारो फूलबारी तिमीलाई नि छ र साथी फूल टिप्ने धोको धोको भए आऊ टिपौँ एउटा फूल चोखो त्यही फूल चढाउनु छ देउताको नाम पारी फूलैफूलले रङ्गिएको प्यारो फूलबारी । -भोर्लेटार, लमजुङ ।...
अमेरिका बस्दै आएका साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान

अमेरिका बस्दै आएका साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान

नेपाल । ज्योति साहित्य प्रतिष्ठानले कविता यात्राको २१६औँ शृंखला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अमेरिका बस्दै आएका साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान गरियो । गत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराईले सुवेदीलाई सम्मान गरे । सुवेदीले नेपाली भाषा, साहित्यलाई अन्तराष्ट्रियकरण गर्न नेतृत्वदायी भूमिकाका लागि उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा कविहरू तोयानाथ सुवेदी, सुप्रियाञ्जली घिमिरे, इन्दिरा चापागाईं, दिनेशकुमार शर्मा, मधुसुधनप्रसाद घिमिरे, सुधा भट्टराई, उत्तम विचार, निरा श्रेष्ठ, देवेन्द्र ओली, डा. विष्णुविभु घिमिरे, डा। पद्मा अर्याल, संगीता खरेल, देवेन्द्र नेपाल, हारितकुमार रेग्मी, नीरा श्रेष्ठ, डा. शशि थापा पण्डित, अमर अधिकारीलगायतले कविता वाचन गरे ।...
ठाकुर बेलबासेको कविता कृति ‘चोटहरूको उत्सव’ लोकार्पण

ठाकुर बेलबासेको कविता कृति ‘चोटहरूको उत्सव’ लोकार्पण

नेपाल । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको कविता कृति ‘चोटहरूको उत्सव’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक समारोहबिच कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मालगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि दिवसले भन्नुभयो, “चोटहरूले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ । चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ । आँसु चुहुन पनि हाँसोभन्दा महत्वपूर्ण हुन्छ भन्ने लाग्छ । दुनियाँमा कवि लेखकले चोट पाएर नै सिर्जना गर्नुभएको हो । कवि बेलबासेका कविता त्यस्तै छन् ।” गायिका आनीले महको स्वाद चाखेको तर महको बयान गर्न नजानेको जस्तो लागेको बताउँदै बेलबासेले देखेका, भोगेका अनुभव सँगालेर सुन्दर कविता कोर्न सफल भएको प्रतिक्रिया दिनुभयो । कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शङ्कर तिवारील...
जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’

जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेद्वारा लिखित नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’ लाई २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि एक लाख राशिको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । गुठीका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले लामिछानेलाई पुरस्कार दिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधानलगायत पुरस्कृत भइसक्नुभएको छ ।...
कोलोराडोमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसंग साहित्यिक भेटघाट तथा अन्तरक्रिया

कोलोराडोमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालसंग साहित्यिक भेटघाट तथा अन्तरक्रिया

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा वरिष्ठ साहित्यकार डा। नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनेसास कोलोराडो शाखाको आयोजनामा आइतबार वेस्टमिनिस्टर स्थित नेपाली घरमा लम्सालसंग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कवि, गीतकार तथा पत्रकार डा. नवराज लम्साल आफ्नो साहित्यिक यात्राका क्रममा अमेरिको बिभिन्न स्टेटहरूको यात्रामा छन् । स्थानीय स्रष्टाहरूसँग आफ्नो जीवनको आरोह अवरोह सुनाउदै, आफ्ना रचना वाचन गर्दै तथा स्थानीय साहित्यकारहरूसंग साक्षातकार गर्दै उनी कोलोराडो आइपुगेका हुन् । अमेरिकामा उनको यो १६औं औपचारीक कार्यक्रम हो । अनेसास कोलोराडो च्याप्टका अध्यक्ष किरण अधिकारीको अध्यक्षमा सम्पन्न सो कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो । कार्यक्रममा सुरुमा स्थानीय साहित्यकारद्वय अनेसासका पूर्व केन्द्रीय अध्यक्ष ज...
हास्यव्यंग्यकार चट्याङ मास्टर र सुबोध गौतम सम्मानित

हास्यव्यंग्यकार चट्याङ मास्टर र सुबोध गौतम सम्मानित

नेपाल । सिस्नुपानी नेपाल मकवानपुरले दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरेको छ । सिस्नुपानीको २५औँ स्थापना दिवसको अवसरमा शनिबार दुईजना हास्यव्यंग्यकारलाई सम्मान गरिएको हो । स्थापना दिवसको अवसरमा सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई २५ हजार रुपैयाँ नगदसहित गणेश कुमार पौडेल स्मृति हास्यव्यंग्य सम्मान प्रदान गरिएको छ । यस्तै युवा हास्यव्यंग्यकार सुबोध गौतमलाई २० हजार रुपैयाँ नगदसहित आरसी रिजाल हास्यव्यंग्य सम्मान प्रदान गरिएको छ । कार्यक्रममा सिस्नुपानी नेपालका मकवानपुरका संस्थापक आरसी रिजालको प्रमुख आतिथ्य तथा अध्यक्ष पौडेलको सभाध्यक्षतामा भएको थियो । सम्मान ग्रहणपछि चट्याङ मास्टर र सुवोध गौतमले हास्यव्यंग्य प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा राधा पौडेल, निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, सर्जक सञ्जाल मकवानपुरका संयोजक डा. निमेष निखिलको पनि आति...
सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको विमोचन

सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको विमोचन

नेपाल । वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको विमोचन गरिएको छ । सो कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो । कृतिका बारेमा कवि एवं भ्याली भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल, ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले समीक्षा मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा २०८० का लागि नेपाली वाङ्मय साधना सम्मानबाट गोपाल अश्क, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाल एवं कर्मयोद्धा सृजना सम्मानबाट राजेन्द्र तारकिणी सम्मानित हुनुभयो । त्यस्तै २०८१ का लागि आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्राडा। महादेव अवस्थी, नेपाली वाङ्मय साधना सम्मानबाट प्राडा। कपिल लामिछाने, राधिका–गोपालदत्त लघुकथा सम्मानबाट ध्रुव मधिकर्मी, कर्मयोद्धा सृजना सम्मानबाट मेघनाथ खनाल ‘बन्धु’ सम्मानित हुनुभयो । यसअघि नै घोषणा गरिएका राध...
साहित्यकार किशोर पहाडी र फूलमान वल सम्मानित

साहित्यकार किशोर पहाडी र फूलमान वल सम्मानित

नेपाल । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ । नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्‍याउनु भएको योगदान बापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र बललाई जनमत–ज्ञानरत्न–मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाललगायतले सम्मान अर्पण गर्नु भयो । जनमत वाङ्मय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुट्नु भएका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताउनु भयो । कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजालगायतले कवितावाचन गर्नु भएको थियो। ...
धुलिखलेलमा राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श

धुलिखलेलमा राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श

नेपाल । प्रधानमन्त्री पत्नी राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिले शनिबार धुलिखलेलमा शाक्यको आत्मकथा ‘करुणा’ माथि विमर्श कार्यक्रमको आयोजना गरेको हो । करुणाको आत्मकथाको विमर्श कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले लिखित आत्मकथाका सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुहुँदै नगर प्रमुख अशोककुमार ब्याञ्जुले करुणा कथा लिखित, अलिखितका लागि, क्रिया प्राप्त, अप्राप्तका लागि, भोगाई व्यक्त र अव्यक्तका लागि, पूर्ववत् जीवनका आँसु, पसिना र रगतहरूको अबिशब्द हो करुणा, जहाँ कथा, कथाको व्यथा बन्न खोज्दछ, जहाँ व्यथा कथाको सागर बन्न खोज्ने बताउनुभयो । कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, माया, करुण...
लघुकथाः मायाको चिनो

लघुकथाः मायाको चिनो

-आरसी रिजाल- सिवानीको आमा बितेको १० बर्ष भयो।न्यास्रो मेटाउन आज उनी आफुलाई स्यार्ने धाईआमालाई भेट्न वृद्धआश्रम पुगेर फलफुलको झोला थमाउदै कुरा गर्छिन् -: धाईआमा कस्तो छ तपाईंलाई ? " कस्तो भन्नू नानी सासफेरी रहेको छु। जति कष्ट दिए पनि छोराको याद त आईरहन्छ " भनिन् । सिवानीले -- आज त तपाईंको छोराले " आमाको स्मृतिमा " भनेर उहिले दसैंमा तपाईंले टीका लगाइदिएको फोटो मोबाइलमा हालेको छ भनेर देखाईदिन् । धाईआमा -- आफ्नै रगत हो नानी । जाँड खाएर फलामे रडले हिर्काएर मलाई यो अवस्थामा पुर्‍याए पनि यो खोरन्डो खुट्टोलाई छोराले दिएको " मायाको चिनो " ठानेको छु । -हेटौंडा, मकवानपुर ।...