अमेरिकाको नर्थ क्यारोलिनामा आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइयो
अमेरिका । नेपाली भाषाका नक्षत्र आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती नर्थ क्यारोलिनाको रालेमा सम्पन्न भएको छ । आइतबार आयोजित भानु जयन्ती समारोहमा वक्ताहरूले नेपाली भाषाको उन्नयनमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।
उहाँहरूले भानुभक्तले नेपाललाई भाषाका माध्यमबाट जोड्न र नेपाल र नेपालीलाई एकसूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको चर्चा गर्नुभएको थियो । उहाँहरुले भानुभक्त समाज सुधारक र यथार्थवादी कवि भएको पनि बताउनुभयो ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा संस्थाका सल्लाहकारहरू ईश्वर देवकोटा, डा. हरिहर भट्टराई र कवि मधु माधुर्यले भानुको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । माधुर्यले सिक्किम आसामतिर भानुभक्तको जन्मजयन्ती त बाजा बजाएर धुमधामसँग मनाइने गरेको जानक...









