–लालगोपाल सुवेदी–
उडाओस् हुरीले, रुझाओस् झरीले
पिन्जरामा सुरक्षा चाहन्न चरीले
एकान्तै छ स्वर्ग विना पीर बाँचूँ
म हाँस्न चाहन्न लुकाएर आँसु
म खान्न सुनको थालभित्र चारो
स्वाधीनता नै मलाई सबैभन्दा प्यारो
यही भोक मीठो जुठो खीरभन्दा
यही भीर जाती सयौँ पीर भन्दा ।
–अमेरिका ।
–मिथिला अधिकारी–
रिस नपाल गाई पाल फाइदै फाइदा हुन्छ
खेतमा गोबर मल हाल फाइदै फाइदा हुन्छ ।
बाँझै राखी खेतबारी परदेश तिर लाग्नु भन्दा
फलफूल रोप गर कमाल फाइदै फाइदा हुन्छ ।
घरेलुमा दर्ता गरी साना साना उद्योग चलाउ
गुन्द्रुक बनाउ अचार गाल फाइदै फाईदा हुन्छ ।
आज भोलि भन्दा भन्दै नेटो काट्छ समयले
ख्याल राखी पाईला चाल फाइदै फाइदा हुन्छ ।
आफ्नै गाउँ आफ्नै ठाउँ आफ्नै देशको लागि
जागृतिको दियो बाल फाइदै फाइदा हुन्छ ।
–हेटौंडा, मकवानपुर ।...
–तुलसी घिमिरे–
बिद्रोही मनमा उठेको छ आँधी
देशलाई मुक्त बनाउन छ बाकी
आफैलाई थुपार्ने गरेका छन् सोच
अझै छ लुट्मार गरेका छन् मोज
म उठ्छु पहिले अनि तिमी उठ
एक एक गरेर सबै भाइ जुट
छ मुक्ति सम्भव यहि बाटो रोज
अझै छ लुट्मार ???
संसार आफ्नै बनाउने हो एउटै
ढल्नेछ पापी चाहे आओस् देउतै
छ शक्ति ठुलो आफैभित्र खोज
अझै छ लुट्मार ???
धनी गरीबको बिचमा छ पर्खाल
ढालेर पार्नु छ अधिकार वारपार
बाँडेर लिनु छ जति हक जो छ
अझै छ लुट्मार ???
–हेटौंडा, मकवानपुर ।...
-आरसी रिजाल-
कतिदिन यिनहरुको टर्वो वचन खप्नु । भोलि "जे पर्ला सोही टर्ला, खाउन बाक्लो दाल " भनेर रामलालले आफ्नो जेथा तीन भाग लगाए । साह्रोगाह्रोमा बाबुआमाको रेखदेख नगरे छिमेकीको भनाइ सुन्नुपर्ला ठानेर एकबर्षमै आफ्नो नामको जग्गा बेचेर छोराहरू सहरतिर घर जोड्न लागे ।
केही बर्षपछी विभिन्न रोगले बुढाबुढीलाई गाज्दै ल्यायो । बृद्धभत्ताले औषधिमुलो गर्न नभ्याउने भएपछि छिमेकीको सल्लाह अनुसार नियमित औषधि खर्च छोराहरूले व्यहोर्नु पर्यो भन्न पुगे । दुबै छोराले आफ्नो जिउनी बेचेर समस्या टार्न सल्लाह दिए । बुढाले -- घडेरी बाहेक अरु जमिन रोगले खाइसक्यो ।त्यसैले तिमरुसँग हात फैलाउन परेको भने । तर चमडी जाला दमडी नजाला भन्ने खालका छोराहरू टकटकिए ।अमिलो मन बोकेर बुढाबुढी फर्किए ।
मर्ता क्या नकर्ता भनेझैं बाबुआमाले छोराबाट अंशपाउ भनी अनौठो मुद्दाहाले । यो मुद्दाको फैसला सुन्न बिशेषत पाकाहरु उत्सुक थिए ।...
–धनराज गिरी–
संवादविहीन हुनुहुन्न कुनै पनि नाता
गलतफहमिले च्यात्ने अति सुन्दर छाता
सद्भाव खेती दोहोरो हो कुनै पनि युगमा
सिकाउने यही कुरा सरस्वती माता
हरेक रङ्ग खास हुने मौसम अनुसार
मिल्नुपर्छ फूलहरू नीलासित राता
साना साना नदीहरू मिली बन्ने सागर
बने सिन्धु अहङ्कारी दूर हुने दाता
सुदामा र कृष्ण कथा कण्ठ होला पक्का
अमीरसित जमीर भए अब्बल जस्तापाता
विश्वासले जोगिने हो सम्बन्धको ग्रन्थ
भरोसाले मुस्कानले आहा हुने गाता
इमानको विवेकको सबुत हुन्न केही !
मानवता आधार हो, हृदयको हाता !
–चितवन, नेपाल ।...
–रमेशचन्द्र घिमिरे–
‘कपडाको छाला रै’छ फलामको हाड
खुम्चँदा चैँ लठ्ठी हुने खुल्दा हुने आड’
उत्तर भन्न किन ढिला सोची छिटो भन
नत्र भए दस पुर्याउँछु तिमी एक, दुई गन ।
एउटै मात्र खुट्टा हुने हाम्रो काले दाइ
दैलाभित्र छिर्न खोज्छ अटाई नअटाई
जान्यौ भने यसको उत्तर भन्नु पर्ने हुन्छ
नभनिन्जेल मैले एक, दुई गन्नु पर्ने हुन्छ ।
बाले प्रश्न लगातार सोद्धा भएँ जिल्ल
उत्तर भन्छु तर उत्तर नमिल्ला कि मिल्ला ?
घामपानीमा जसको हुन्छ मिठो प्यारो नाता
उत्तर यही हो पानी पर्दा ओढ्नुपर्ने छाता ।
–भोर्लेटार, लमजुङ ।...
नेपाल । नारी दिवसको अवसरमा बिहीबार स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो सत्रमा नारी स्रष्टा समाज नेपालले सम्मान तथा पुरस्कार कार्यक्रम गरेको हो ।
मैतिदेवी चोकमा ३२ वर्षदेखि मकै बेचेर आफ्ना सन्तानलाई उच्च स्थान पुर्याउन सफल श्रमजीवी नारी मीना घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थिति लम्साल बाल स्रष्टा पुरस्कार– २०८१ बाट एभरेस्ट स्कुल भक्तपुरकी सिल्भिया खड्का र अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार–२०८१ बाट देवीप्रसाद घिमिरेलाई सम्मान प्रदान गरिएको छ ।
विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुहुने नारी स्रष्टातर्फ पत्रकार सविता शर्मा, नविना श्रेष्ठ, साहित्यकार मन्दिरा मधुश्री, लता केसी, कालिका त्रिपाठी पन्त र रञ्जु खनाललाई सम्मान गरिएको छ ।
कार्यक्रमको सहजिकरण रञ्जना पराजुली लम्सालले गर्नु...
नेपाल । रेणुका भट्टराई ‘मञ्जरी’ द्वारा लिखित ‘मेरो हजुर’ शोककाव्यको लोकार्पण तथा झ्याउरे बृहत् छन्द लयको कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राडा हेमनाथ पौड्ललगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको थियो ।
प्रतिष्ठानका पूर्वसदस्यसचिव उपाध्यायले साहित्यकार तथा पत्रकार बिके पाल्पालीको योगदानको चर्चा गर्दै चौथो वार्षिक स्मृति दिवसका सन्दर्भमा उहाँले नेपाली भाषा, साहित्य र पत्रकारितामार्फत गरेको योगदानको प्रशंसा गर्नुभयो ।
कम उमेरमा उहाँलाई गुमाउँदा ठुलो क्षति भएको बताउँदै उहाँको स्मृतिमा लेखिएको शोककाव्यले उहाँलाई अझै जीवन्तता दिएको बताउनुभयो ।
...
नेपाल । निलम्बित नेकपा (एमाले) स्थायी समिति सदस्य विन्दा पाण्डेद्वारा लिखित पार्टीको इतिहास झल्कने ‘भुइँमान्छे’ पुस्तक सार्वजनिक भएको छ ।
कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रामा आम कार्यकर्ताको योगदान समेटिएको पुस्तक ‘भुइँमान्छे’ झापामा आयोजित कार्यक्रममा बुधबार सार्वजनिक भएको हो।
नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य पाण्डेको पुस्तक ‘भुइँमान्छे’ झापा र इलामको सीमाना बधस्थल सुखानीमा कार्यक्रम गरेर सार्वजनिक गरिएको हो।
सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिस्टले कम्युनिस्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन्। ४७ वर्षअघि कम्युनिस्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले परिचित छ।
कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तात्कालीन घटनामा आम कार्यकर्ताको भूमिका पुस्तकमा...
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका नेपाली भाषा साहित्य समितिले कविता प्रतियोगिता गर्ने भएको छ ।
के म नेपाली हैन र ? शीर्षकमा कविता प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई ६००, दोस्रो हुनेलाई ४००, तेस्रो हुनेलाई ३०० डलर र अरु उत्कृष्ट ३ जनालाई १०० डलरका दरले सान्त्वना पुरस्कार प्रदान गरिने छ ।
उक्त प्रतियोगितामा विश्वभरका नेपालीभाषी कविहरुले सहभागिता जनाउन सक्नेछन् । कविता बढीमा २०० शब्दको हुनु पर्नेछ ।
सहभागिता जनाउन इच्छुकहरुले यही चैत १८ गतेसम्म कविता पठाउन सक्ने छन् ।
...