२५ भाद्र २०८२, बुधबार

भाषा/साहित्य

झसाप मकवानपुरद्वारा मुक्तक साँझ सम्पन्न, मुक्तककार शिव अधिकारी सम्मानित

झसाप मकवानपुरद्वारा मुक्तक साँझ सम्पन्न, मुक्तककार शिव अधिकारी सम्मानित

हेटौंडा(नेपाल) । झरना साहित्यिक परिवार मकवानपुरले चैत्र २३ गते आफ्नो १३४ औँ कार्यक्रमका सन्दर्भमा मुक्तक साँझ सम्पन्न गरेको छ । यस संस्थाले विसं २०६४ देखि २०६८ सम्म त्रैमासिक रूपमा गरेको र २०६८ देखि वार्षिक रूपमा चैत्रको चौथो शनिवार मुक्तकविशेष कार्यक्रम गर्ने गरेको छ । यस अवसरमा इलामका ७२ वर्षीय मुक्तककार शिव अधिकारी (इलामे जेठा)लाई रु. १५,५५५/– सहित शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान समर्पण गरेको छ । यसै गरी कक्षा ९–१२ का विद्यार्थीहरूमाझ गरिएको मुक्तक प्रतियोगिताका प्रतियोगीहरूमध्ये उत्कृष्ट बुध्द माध्यमिक विद्यालय हात्तीसुँडे, बकैयाकी मोनिका नेगीलाई रु. ५५५५/–सहितको शिवसावित्री अधिकारी नवप्रतिभा पुरस्कार प्रदान गरेको छ । यी सम्मान तथा पुरस्कारको स्थापना साहित्यकार रमेशमोहन अधिकारीले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गरेका हुन् । यसै अवसरमा मुक्तक लेखनमा सक्रिय युवा पुस्ताका ...
प्रज्ञा-प्रतिष्ठानद्वारा १० जना स्रष्टालाई विधागत प्रज्ञा पुरस्कार प्रदान गर्ने घोषणा

प्रज्ञा-प्रतिष्ठानद्वारा १० जना स्रष्टालाई विधागत प्रज्ञा पुरस्कार प्रदान गर्ने घोषणा

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १० जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ । प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृतिलगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० जना स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ । यसैगरी, दिल साहनीलाई ‘प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य), कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’ र गोपीरमण उपाध्यायला...
कविता: खबरदार ! यहाँ देशको गीत गाउनु हुँदैन

कविता: खबरदार ! यहाँ देशको गीत गाउनु हुँदैन

-आर. आर. चौलागाईं- यहाँ सत्य बोल्नु हुँदैन जिब्रो थुत्न आइपुग्छन् यहाँ सत्य लेख्नु हुँदैन कलम भाँच्न आइपुग्छन् । यहाँ फूललाई हेरेर आहा ! भन्नु हुँदैन आँखा फोर्न आइपुग्छन् यहाँ निर्बाध भएर देशको गीत गाउनु हुँदैन गोली ठोक्न आइपुग्छन् । यो सत्यले हारेको समय हो यो असत्यले जितेको समय हो । मैले आशा गरेको छु एक दिन सत्य घामजस्तै भएर उदाउने छ र असत्य फोहरजस्तै भएर बगेर जाने छ र मैले यो पनि आशा गरेको छु एक दिन हाम्रो भ्रमको पर्दा अवश्य पनि च्यातिने छ र हाम्रा बन्द आँखाहरू पनि अवश्य खुल्ने छन् । –हेटौंडा, मकवानपुर ।...
गजल: म के भन्दैछु प्यारी सुन्यौं तिमिले…

गजल: म के भन्दैछु प्यारी सुन्यौं तिमिले…

–तुलसी घिमिरे– म के भन्दैछु प्यारी सुन्यौं तिमिले कस्तो खराब बाटो चुन्यौ तिमिले थिए कालाआँखा गहमा लुकेको किन कारागारमा थुन्यौ तिमिले बोलचाल नहुदा पनि लाग्छ पीर कति धेरै जाल बुन्यौ तिमिले सुम्पेर यो ज्यान दिएको हुँ मैले नौनी जस्तो मनलाई उन्यौ तिमिले राखेर मनलाई मन अर्को माथी एउटै बनायौ अनि तुन्यौ तिमिले । –हेटौंडा, मकवानपुर ।...
कविता: के म नेपाली हैन र ?

कविता: के म नेपाली हैन र ?

–सुदीपभद्र खनाल– बोलमा छ देशनै अबोलमा छ देश नै सोचमा छ देशनै र घोचमा छ देशनै भग्न हुन्छ यो हियो सुनेर हैन देशको कर्मशील हूँ भने रहन्न के म देशको ? सोध गाउँगाउँमा हिमालका पठारमा खोज रम्य लेक वा पहाडका बजारमा छैन मृत्तिका कतै जहाँ म हुन्न देशको प्राण फुक्छ जो उही रहन्न के म देशको ? कर्म मार्ग सर्वदा मनुष्यको सुकर्ममा प्राञ्ज मार्गमा हिँडी सजाय के निमित्त हँ ? रक्तमा छ यो नशा म भित्र भित्र देश जो हुन्न के म अकर्मले विनापराध देशको ? -अमेरिका ।...
लघुकथाः संस्कार

लघुकथाः संस्कार

–आरसी रिजाल– कृष्णले -- बा तपाईंलाई राती धेरै नखोक्नुस् हाम्रो निद्रा बिग्रन्छ भन्दा टेर्नुहुन्न ।आजदेखी तपाईंको सुत्ने व्यवस्था छिंडीको कोठामा गर्दिएको छु भन्यो । बुढाले -- बाबू मैले जानीजानी खोकेको होइनँ।जबरजस्ती रोक्न खोज्छु तैपनि आउँछ ।म बूढो दमको रोगिलाई छिंडीको चिसोमा झन गाह्रो होला।जबर्जस्ती गर्छौ भने त जानैपर्ला नत्र............। साँझमा नातिले कृष्णलाई -- बुवा हजुरबालाई किन तल सुत्न पठाएको ? भन्यो। कृष्णले -- हामिले होइन बाबू खोकिले उहाँलाई छिंडीमा पुर्‍यायो भने । नाति केटोले-- त्यसो त हाम्रो टमि पनि रातभर बार्दली बसेर घुकिरन्छ।कति चोटि म ब्युझन्छु भन्यो। कृष्णले -- टमि करायो भने चोर आउँदैन।घरको रछ्या गर्छ भने। नातिले -- चोर त हजुरबा खोकेको सुनेर यो घर्को मान्छे बिउँझै रहेछ ठानेर आउन्न होला नि भन्यो।छोराको कुरालाई कृष्णले वास्ता गरेन । जिबनको चक्र घुम्दै जाँदा कृष्ण पनि बूढो ह...
बालकविता: जन्मदिनको रमाइलो

बालकविता: जन्मदिनको रमाइलो

-रमेशचन्द्र घिमिरे- यति साह्रो रमाइलो भा´क‍ो किन हो आज हाम्री साथीको जन्म दिन हो मिठाई बोकी ल्या´की छन् झोला भोरेर यतै राख क्यै हुन्न खान्नौँ च‍ोरेर अबिर लाइदिइन् गालामा हाम्री वर्षाले दङ्ग परिन्, रमाइन् उफ्रिन् हर्षले गीत गाइन् रूपाले भाका हालेर साथीभाइ नाच्दैछन् खुट्टा फालेर हृदयको खोकिलामा माया अटाउँदै ताली पिटिन् पुष्पाले हात ठटाउँदै हामीसित पैसा छैन केक काट्नलाई कल्ले छेक्न सक्छ र ? खुसी साट्नलाई मनको पीर अँधेरो दु:ख भगाउँछौँ निभाउन्नौँ मैन बत्ती दियाे जगाउँछौँ किताब-कापी उपहार दिनु जाती हो जन्मदिनको खुसीमा नाचौँ साथी हो ! -लमजुङ, नेपाल । ...
डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक

डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक

नेपाल । गाउँ पर्यटनको अवधारणा विकासमा योगदान दिनुभएका डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा कृति ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक गरिएको छ । राष्ट्रिय विकास सेवामा २०३४ सालमा सुर्खेत जाँदा भेट भएका पर्यटकसँगको कुराकानी र छलफलका क्रममा गाउँ पर्यटनको विकास आवश्यक भएको बोधपछि आफूले गाउँ पर्यटनबारे छलफल र बहस चलाएको डा. प्रधानाङ्गले कृतिमा चर्चा गर्नुभएको छ । तीन खण्डमा विभाजित कृतिको पहिलो खण्डको ‘आफैँलाई हेर्दा’ मा संस्मरण सङ्कलन गरिएको छ । त्यस्तै आध्यात्मिक र धार्मिक शृङ्खला खण्डमा अध्यात्मसम्बन्धी धारणा र तेस्रो खण्डमा लेखकले विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित लेख सङ्कलन गर्नुभएको छ । सो खण्डमा गाउँ पर्यटनको अवधारणा विकास, यसको कार्यान्वयनलगायत विषयमा पत्रपत्रिकामा प्रकाशित डा. प्रधानाङ्गको लेख सङ्गृहीत छन् ।...
‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने

‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने

नेपाल । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए । यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा. भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । तीनवटै पुरस्कारको राशि जनही रु २५ हजार छ । दश हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ ।...
बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी

काठमाडौं । बर्दघाट प्रज्ञाप्रतिष्ठानको आयोजनामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव एवम् पर्या काव्यगोष्ठी–२०८१ परासीको बर्दघाटमा सम्पन्न भएको छ । यस सन्दर्भमा नेपाल तथा भारतका स्रष्टाहरूलाई चैत्र १६ र १७ गते बर्दघाट तथा छिमेकी पालिकाहरूका पर्यटकीय स्थलहरूको अवलोकन गराइएको थियो भने चैत्र १८ गते मात्र औपचारिक कार्यक्रम गरिएको थियो । यस क्रममा स्रष्टाहरूले बुद्धमङ्गल ताल, गजेन्द्रमोक्ष धाम, वनदेवी, कञ्चनगढी, रामग्राम स्तूप, सिमसार क्षेत्र, आम्बास, सहिद पार्क तथा शिवालयको अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली साहित्य परिषद् सिक्किमका भक्ति शर्मा उपाध्याय, सीता शर्मा शीत, रूपा तामाङ तथा रत्न लक्सम सुब्बाले, दिल्ली तथा उत्तर प्रदेशका किशोर श्रीवास्तव, सविता सिंह शर्मा, दीपक गोस्वामी चिराग, प्रिया सिन्हा, ज्ञानप्रसाद उपाध्याय, नन्दलालमणि त्रिपाठी, अष्ठाना महेश प्रकाश,...