पर्यटन व्यवसायी डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण
नेपाल । वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ । नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गर्नुभएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गर्नुभएको हो ।
एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरेपनि यात्राको अनुभवनलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गर्नुभयो ।
“सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ”, उहाँले भन्नुभयो । उहाँले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याउनुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले ...









