३० भाद्र २०८१, आईतवार

फिचर

कोलोराडोमा ‘सारीका कथाहरु’ कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा ‘सारीका कथाहरु’ कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । नेपाली समाजमा महिलाहरु माझ सारी पहिरन को छुट्टै महत्व तथा महिमा छ । प्रवासमा बसेर जति सुकै पश्चिमी पहिरन अंगाले पनि सारी सित नेपाली महिला हरुको बिशेष सम्बन्ध छ । गत हप्ता अमेरिकाको कोलोराडो नेप्लिज कम्युनिटी र शेयर मिसन इन्टरनेसनलको संयुक्त आयोजनामा अरोरा शहरको ‘पिपुल्स बिल्डिङ’ मा ‘सारीका कथाहरु’ कार्यक्रम सम्पन्न भएको छ । विभिन्न चरणमा कार्यक्रम अबधिभर विभिन्न किसिमको सारी प्रदर्शनी पनि गरिएको थियो । जसमा हाकु पटासी, ढाका सारी, सिल्क सारी, दोपत्ता सारी, जेओर्जेत सारी, कटन सारी बिशेष थिए । संखुवासभा कम्युनिटी अफ युएसएका अध्यक्ष शान्ति श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको शुरुवात गर्नु भएको थियो । कोलोराडो नेप्लिज कम्युनिटीका फाउनडर तथा सीइओ बिनिशा श्रेष्ठले कार्यक्रमको बिस्तृत जानकारी तथा नेपाली समुदायलाई प्रवास माझ चिनाउन सो जमर्को गरिएको र अरोरा म्युसियममा राखिएको नेपाल...
न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको तयारी पूरा, कलाकारहरुको भव्य जमघट

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको तयारी पूरा, कलाकारहरुको भव्य जमघट

न्यूयोर्क (अमेरिका) । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी पूरा भएको छ । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा भव्यताका साथ हुन लागेको हो । कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरु न्यूयोर्क पुग्ने क्रम शुरु भएको छ । न्यूयोर्क क्षेत्रमा यतिबेला नेपाली चलचित्रको माहौल तातेको छ । नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् । साथै त्रिवेण...