१६ कार्तिक २०८३, सोमबार

फिचर

एनआरएनएका एनसीसी पदाधिकारीहरूको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

एनआरएनएका एनसीसी पदाधिकारीहरूको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), गैरआवासीय नेपाली संघ (NRNA) तथा स्विस सरकारको सहकार्यमा MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो। कार्यशालामा खाडी मुलुक (GCC) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार तथा मलेसियालगायतका देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, आईसीसी पदाधिकारी, कार्यक्...
आरसी पन्त अरोराको आवास तथा सामुदायिक विकास सल्लाहकार समितिमा नियुक्त

आरसी पन्त अरोराको आवास तथा सामुदायिक विकास सल्लाहकार समितिमा नियुक्त

कोलोराडो । अरोरा सिटी काउन्सिलले अक्टोबर १२, २०२६ को बैठकले रामचन्द्र ‘आरसी’ पन्तलाई Citizens’ Advisory Committee on Housing and Community Development (आवास तथा सामुदायिक विकाससम्बन्धी नागरिक सल्लाहकार समिति) मा नियुक्त गर्ने निर्णय गरेको छ । सार्वजनिक सेवा, वित्तीय व्यवस्थापन, उच्च शिक्षा र सामुदायिक नेतृत्वमा अनुभव हासिल गरेका पन्तले अब अरोरा सहरको आवास तथा सामुदायिक विकाससम्बन्धी नीतिगत छलफल र सिफारिस प्रक्रियामा योगदान दिने अवसर पाएका छन् । सन् २००६ देखि कोलोराडोमा बसोबास गर्दै आएका पन्त सन् २०१६ देखि अरोराका बासिन्दा हुन् । उनले कोलोराडो राज्य सरकार, अमेरिकी केन्द्रीय संघीय सरकार, उच्च शिक्षा क्षेत्र र नेपाली समुदायमा हासिल गरेको अनुभवलाई अब स्थानीय सरकारी सेवासँग जोड्ने अवसरका रूपमा यस नियुक्तिलाई लिन सकिन्छ । शैक्षिक योग्यता र अनुभव पन्तले सन् २०२० मा Eastern New Mexico Universi...
नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा दुई स्थानमा देउसी-भैलो कार्यक्रम हुँदै

नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा दुई स्थानमा देउसी-भैलो कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रवासमा जीवन्त राख्दै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा नोभेम्बर ७ मा दुई छुट्टाछुट्टै स्थानमा देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ । नेपाली घरको आयोजनामा वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा हुने कार्यक्रम साँझ ५ बजे देखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । आफ्नो स्थापना कालदेखि नै देउसी भैलो खेल्दै आएको नेपाली घरले कार्यक्रमलाइ भब्य र सब्यरूपमा सफल बनाउन साँस्कृतिक सचिव दिनेश कार्किलाइ संयोजनको जिम्मा दिएको छ । यसैगरी, अरोरा तथा सेन्टिनियलवासी नेपाली समुदायको आयोजनामा अरोरास्थित Falcon Creek Middle School मा साँझ ५ देखि ९ बजेसम्म देउसी–भैलो कार्यक्रम हुनेछ। यस स्थानको कार्यक्रम सफलातका साथ सम्पन्न बनाउन नेपाली घरका कोषाध्यक्ष राजन सापकोटाले संयोजनको जिम्मा लिएक...