नेपाल । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् ।
पोखराबाट बिहीबार ६५ लाख धरौटीमा रिहा भएसँगै उनी आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् ।
कास्की अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । उनी बिरुद्ध काठमाडौं, रुपन्देही, चितवन र पर्सामा सहकारी ठगी सम्बन्धी मुद्दा छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्