१ जेष्ठ २०८२, बुधबार

क्यानडामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइयो

कोलोराडोखबर संवाददाता , January 12th, 2025

क्यानडा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विविध कार्यक्रम गरि सम्पन्न गरिएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३औं जन्म जयन्तीको अबसरमा क्यानडाको मिसिसागामा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले आज हामी गोर्खाली र नेपाली भएर बिश्वसामु शिर ठाडो पारेर हिड्न पाउनु गर्वको विषय भएको बताउनु भयो ।

नेपाल राष्ट्रको एकीकरण र सर्वभौम सम्पन्न नेपाल बनाउन र सबै नेपालीलाई एकताको मालामा गासेर राख्ने राजा पृथ्वीनारायण शाह आजको राजनिती र पार्टी भन्दा माथि रहनु भएको भन्दै उहाँलाई एउटा राजाको रूपमा मात्र नभै नेपाल राष्ट्रको परिकल्पनाकारको रूपमा सबैले स्विकार्नु पर्ने कार्यक्रमका वक्ताहरूले बताउनु भएको थियो ।

प्रवासी नेपाली एकता समाज क्यानडाका अध्यक्ष हिराकाजी याङ्डोको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएनसीका निवर्तमान अध्यक्ष नरबहादुर क्षेत्री, लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु नेपाल बर्ष २०१६–१७ का डिस्ट्रिक गभर्नर घनश्याम भट्टराई, समाजसेवी कृष्णप्रसाद पोख्रेल, नेपाल हाउसका सचिब दिनेश बिष्ट्, व्यावसायी तथा संचारकर्मी अनिल थापा लगायतले राजा पृथ्वीनारायण शाहको योगदान र नेपाल एकीकरणको ईतिहासको बारेमा आ–आफ्ना भनाईहरु राख्नुभएको थियोे ।

सो अबसरमा सहभागीहरुले राजा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्