अमेरिका । अमेरिकामा शक्तिशाली हिमआँधी र उग्र डढेलोको विपत् एकैसाथ आइपर्दा जनजीवन अत्यधिक प्रभावित बनेको छ ।
लस एन्जलस क्षेत्रमा उग्र डढेलो फैलँदा हालसम्म दश जनाको ज्यान गएको छ । हिमपातको असरले निम्त्याएको दुर्घटनामा परी दुई जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । डढेलोले धेरै अमेरिकी नागरिक विस्थापित भइसकेका छन् । अझै हुने क्रममा छन् ।
गत साता आएको शक्तिशाली हिमआँधीपछि राजधानी वासिङ्टन डिसी, न्युयोर्क, पेन्सिलभेनिया, भर्जिनिया, मेरिल्यान्ड, मिसिसिपी, केन्टकी, मिसौरी, कोलोराडो लगायतका सहरमा भारी हिमपात भएको सञ्चार माध्यमले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्