१ जेष्ठ २०८२, बिहीबार

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

कोलोराडोखबर संवाददाता , January 10th, 2025

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान भएको कार दुर्घटनमा दुई नेपालीको मृत्यु भएको छ ।

स्यानटिली शहरको एक होटल बाहिर पोखरीमा कार डुब्दा दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारेका थिए ।

गाडी कसरी हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन । मृत्यु भएका व्यक्तिहरु होटलका कर्मचारी भएको बुझिएको छ ।

मृत्यु भएका व्यक्ति ५५ बर्षिय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्