१० असार २०८२, मंगलवार

क्यानडामा पनि मनाईयो नेपाली राष्ट्रिय टोपी दिवस

कोलोराडोखबर संवाददाता , January 2nd, 2025

अमेरिका । क्यानडाका विभिन्न सहरमा नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ भब्यताका साथ मनाईएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडा र क्यानडा स्थित विभिन्न नेपाली संघसस्थाहरुको संयुक्त आयोजनामा भब्यताका साथ नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

टोरण्टो सिटी अन्तर्गत ब्रामप्टनमा नयाँ बर्षको पहिलो दिन आयोजित कार्यक्रममा प्रमुख अतिथि क्यानडा सरकारका संघीय आर्थिक बिकाश मन्त्री रुबी सहोता रहनु भएको थियो । सो कार्यक्रममा आर्थिक बिकाश मन्त्री रुबी सहोतालाई क्यानडाका नेपाली समुदायको तर्फबाट ढाका टोपी लगाईदिएर स्वागत तथा सम्मान गरिएको थियो ।

सो कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, समाजसेवी ढुण्डीराज पाण्डे, रोटरी क्लब बर्ष १६-१७ का अध्यक्ष चन्द्रमान श्रेष्ठ, वरिष्ठ अधिवक्ता केशव दाहाल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनसीएनसी क्यानडाका उपाध्यक्ष बेदनिधि गौतम, महिला चौतारीकी अध्यक्ष अम्बिका ज्ञवाली, नेप्लिज सेन्टरका देवेन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा एनआरएनएका बोर्ड सदस्य जगन सापकोटा, व्यावसायी डा. पुर्ण कंडेल लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

क्यानडाको ओटावा र क्यालगरी सिटीमा पनि भब्यताका साथ नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष–२०२५ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको एनआरएनए क्यानडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्