अमेरिका । नेपाली समाज टेक्ससको साधारण सभाले हालै सम्पन्न भएको छ । उक्त सभाले नेपाली समुदायलाई आवश्यक पर्ने सेवा सुविधा उपलव्ध गराउनका लागि बिभिन्न नीति कार्यक्रम सहितका योजना पारित गरेको छ ।
टेक्ससको नेपाली मन्दिरमा आयोजित साधारण सभाले हरेक वर्ग र समुदायका नेपालीहरुलाई संस्थाको सेवा पुर्याउन सबैलाई समेट्ने गरि कार्यक्रम अघि बढाउने योजना पारित गरेको हो । समाजले बढ्दो नेपाली समुदायलाई दृष्टिगत गरेर मन्दिरसँगैको घरजग्गा खरिद गर्ने प्रस्तावलाई पारित गरेको छ ।
साधारण सभाको उदघाटन गर्दै युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको आकर्षण युलेस सिटीमा बढ्र्द गएकोमा खुशी व्यक्त गरिन् । उनले समुदायका लागि आवश्यक पर्ने कुनै पनि सेवाका लागि सिटी तयार रहेको समेत वचन दिइन् ।
सोही अवसरमा मेयर प्रोटेम टीका पौडेलले समुदाय एकजुट भएमा अनेकन सुुविधाहरु लिन सकिने उल्लेख गर्दै अब समुदाय त्यतातिर पनि लाग्नुपर्नेमा जोड दिए ।
नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रकी अध्यक्ष सीता बस्नेत सापकोटाले समेत साधारण सभाको सफलताको कामना गरिन् । कार्यक्रम सञ्चालन समाजका उपाध्यक्ष जनक भण्डारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्