२१ फाल्गुन २०८२, बिहीबार

रास्वपा सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन !

कोलोराडोखबर संवाददाता , December 24th, 2024

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् ।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध आइतबार सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ ।

संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति शुद्धीकरण ऐनलाई आधार लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्