२१ फाल्गुन २०८२, बिहीबार

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल

कोलोराडोखबर संवाददाता , December 22nd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच पार्टी एकताबारे छलफल भएको छ ।

गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबीच छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार छलफल सकारात्मक भएको छ ।

गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर निर्णयगर्ने बताउनु भएको छ । अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा गौतमको निवास पुगेर छलफल गर्नुभएको हो ।

एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन संवाद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्