२१ फाल्गुन २०८२, बिहीबार

तत्काल सरकार फेरबदल हुँदैन, सरकार राम्रोसँग चलेको छः गगन

कोलोराडोखबर संवाददाता , December 21st, 2024

नेपाल । कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने बताएका छन ।

शुक्रबार काठमाण्डुमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिदैँ महामन्त्री थापाले यस्तो बताएका हुन ।

साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुसार डेलिभरी भने हुन नसकेको बताएका छन ।

सरकारको डेलिभरीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्