२१ फाल्गुन २०८२, बिहीबार

चुस्त, दुरुस्त कार्य सम्पादन गर्न प्रदेश प्रमुखको निर्देशन

कोलोराडोखबर संवाददाता , December 19th, 2024

नेपाल (हेटौंडा) । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जिल्ला समन्वय समितिले चुस्त, दुरुस्त कार्य सम्पादन गर्न समन्वयात्मक भूमिकामा रहेर निर्देशकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षीक समीक्षा कार्यक्रममा बुधबार प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् । व्यक्तिले शान्त र एक्लै भएको बेला आफ्नो ब्रम्हले उचित र निष्पक्ष कार्य गरेको स्वमुल्याङ्कन गरेर गर्व महसुस गर्ने गरी काम गर्नु पर्ने देवकोटाले बताए ।

नेपालको संविधान ९२०७२० को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको ब्यवस्था छ । यस अनुसार जिल्लामा रहेका स्थानीय तहहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । राज्यका तीनै तहसङ्ग समन्वय, विकास निर्माण अनुगमन, प्रकोप तथा बिपत् ब्यवस्थापन समन्वयमा समेत चुस्त रहनु पर्ने उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्