२१ फाल्गुन २०८२, बिहीबार

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

कोलोराडोखबर संवाददाता , December 18th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पुस ५ मा सरकारी वकिल कार्यालयले उहाँविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उहाँलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उहाँविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

लामिछाने कार्तिक २ गते वनस्थलीबाट पक्राउ पर्नुभएको थियो । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछानेसहित ५ जना थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्