नेपाल । सहकारी ठगी प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमवार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेबिरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले सहकारी ठगी प्रकरणमा प्राप्त तथ्यलाई केलाउँदै लामिछानेबिरुद्ध तीन वटा मुद्दा चलाउन सिफारिश गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्