२१ फाल्गुन २०८२, बिहीबार

वडाकेन्द्रित अभियान सञ्चालन गर्ने नेकपा एमालेको निर्णय

कोलोराडोखबर संवाददाता , December 16th, 2024

नेपाल । नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित ३ सय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

राष्ट्रिय कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।

आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरेको छ ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैतभित्र विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ ।

आगामी चैत महिनासम्ममा राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने सङ्कल्प गरेको छ ।

प्रतिक्रिया दिनुहोस्