२१ फाल्गुन २०८२, बिहीबार

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा दर्ताको तयारी

कोलोराडोखबर संवाददाता , December 16th, 2024

नेपाल । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले मुद्दा दर्ताको तयारी गरेको छ । अनुसन्धान पूरा गरेको छ।

रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो ।

उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ ।

आगामी ६ पुससम्म मुद्दा अदालतमा पुर्‍याउनुपर्ने भएकाले मंगलबारसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन दिए त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन लैजाने छ ।

लामिछाने कात्तिक २ गतेदेखि हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्