२१ फाल्गुन २०८२, बिहीबार

संसद दिवसको अवसरमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा लोबुचे हिमाल आरोहण

कोलोराडोखबर संवाददाता , December 15th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन् ।

संसद् दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका हुन् ।

मङ्सिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरेका छन् ।

हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्‍याएको असरबारे अध्ययन गरी संसद्, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्