१० असार २०८२, मंगलवार

एनआरएनए यूकेको निर्वाचन जुलाई १२ मा हुने, सिमखडा निर्वाचन समितिको संयोजक

कोलोराडोखबर संवाददाता , December 9th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने भएको छ ।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ्गको अध्यक्षतामा आइतवार अल्डरशटमा बसेको बैठकले काउन्सिल बैठक मार्च २ तारिख आइतवार, अल्डरशटमा आयोजना गर्ने निर्णय गरेको हो ।

सो बैठकमा बेलायतस्थित सम्पूर्ण सामाजिक संघसँस्थाहरुको प्रतिनिधित्व रहने छ । सो बैठक सम्पन्न गर्नको लागि उपाध्यक्ष लिलाराम निउरेको संयोकत्वमा एक उपसमिति गठन गरिएको छ ।

बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि – ३१ मेभित्र गर्ने निर्णय गरेको छ ।

एनआरएनए यूकेको निर्वाचन आगामी १२ जुलाईमा एमआईएसको प्रयोग गरेर अनलाईन मार्फत मतदानको व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । बैठकले एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्