नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी लगायतका सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट नहुने बताएका छन् ।
शनिवार विराटनगरमा नेपाली काँग्रेसको कोशी प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्को प्रसंगमा उनले पार्टीले गरेका काम जनतासँग लगेर समुदायसँग जोड्नुपर्नेमा जोड दिँदै उनले नागरिकको मन जित्न सके २०८४ को निर्वाचनमा आफ्नै पोल्टामा आउने दाबी गरे ।
पार्टीभित्र एकता अपरिहार्य रहेको बताउँदै उनले सबैलाई मिलाएर लानुपर्ने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्