२२ फाल्गुन २०८२, शुक्रबार

नेकपा एसका सम्मानित नेता खनाल र चीनका उपप्रधानमन्त्री दिङबीच भेटवार्ता

कोलोराडोखबर संवाददाता , December 7th, 2024

नेपाल । चीन भ्रमणममा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गर्नुभएको छ ।

बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा हिजो भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको सम्मानित नेता खनालको निजी सचिवालयले जानकारी दिएको छ ।

उक्त छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ नेताहरू सहभागी हुनुहुन्थ्यो ।

छलफलमा पूर्व प्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई) को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्