२० फाल्गुन २०८२, बुधबार

चीन जानुअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

कोलोराडोखबर संवाददाता , December 1st, 2024

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर शनिबार साँझ प्रधानमन्त्री ओलीले भेट गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ू राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् ।

यही मंसिर १७ गते सोमबारदेखि २० गते बिहीबारसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन भ्रमण गर्दैछन् ।

ओली ८७ जनाको जम्बो टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्