२० फाल्गुन २०८२, बुधबार

संविधानको मूलभूत विषयमा संशोधन हुँदैनः गगन थापा

कोलोराडोखबर संवाददाता , November 29th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न राजनीतिक संयन्त्र बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरुसँग छलफल गर्ने योजना रहेको बताए ।

उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्पूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्