२० फाल्गुन २०८२, बुधबार

लीलाबल्लभमाथि कानूनी कारवाही नभएको घटनाले रविमाथि राजनीतिक प्रतिशोध भएको पुष्टीः रास्वपा

कोलोराडोखबर संवाददाता , November 28th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारवाही नभएको घटनाले थप पुष्टि गरेको दाबी गरेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले आफूहरूमाथि चौतर्फी भाला प्रहार भइरहेको बताए ।

उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्