नेपाल । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।
कांग्रेसले मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ । बैठकले पूर्वसभामुख ढुंगानाको निधनप्रति दुख व्यक्त गरेको छ।
नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं। २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख भएका थिए।
त्यसैगरी उनी विसं २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्