२० फाल्गुन २०८२, बुधबार

स्थानीय तह उपनिर्वाचनको तयारीबारे माओवादी केन्द्र छलफल गर्दै

कोलोराडोखबर संवाददाता , November 18th, 2024

नेपाल । स्थानीय तह उपनिर्वाचनको तयारी बारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्