२० फाल्गुन २०८२, बुधबार

१०औँ महाधिवेशनपछि पार्टीको गति बढेको छः अध्यक्ष नेपाल

कोलोराडोखबर संवाददाता , November 15th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको बताउनु भएको छ ।

बिहीबार काठमाडौँमा नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले प्रकाशित गरेको नेपाल संवत ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक पार्टीहरूले जनतामा आशा जगाउनुपर्ने भन्दै त्यो काम आफ्नो पार्टीले गरिरहेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशनपछि कोशी प्रदेशले उदयपुरमा, रौतहतमा, धनुसामा वृहत कार्यक्रम गरेको स्मरण गर्दै पार्टीको गती थप बढेको बताउनुभयो ।

उहाँले नेपालको परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले ओलीले गणतन्त्र ल्याउने र राजतन्त्र हटाउने सवालमा उत्साह बढाउने नभई घटाउने काम गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्